दफा १२०
कैद अवधिको गणना
(१) सैनिक अदालतद्वारा दिइएको कैद सजाय दोहोयाई हेरिएको भए तापनि नभए तापनि हिरासतमा राखेको भए सो मितिदेखि र नराखेको भए मुद्दाको शुरु कारबाहीमा अध्यक्षले र समरी सैनिक अदालतको हकमा उक्त अदालतको अधिकृतले हस्ताक्षर गरेको मितिदेखि कैदको अवधि गणना गरिनेछ ।
(२) जङ्गी कारबाहीमा लागेको बखतमा कसुर गरेको भनी सैनिक अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई बर्खास्त नगरी कैदको सजाय तोकिएकोमा कुनै कारणले कारागार चलान गर्न नसकिएको अवस्थामा तोकिएको अधिकृतले आफ्नो पदको जिम्मेवारी सम्हाली काम गर्न निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवस्थामा गरेको सेवा अवधि कैदमा रहे सरह गणना गरिनेछ ।